काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा मनिष अर्याल चयन भएका छन् । फागुन २ गते बसेको सञ्चालक समितिको एक सय १०औँ बैठकले सञ्चालक समिति अध्यक्षमा अर्याललाई चयन गरेको हो ।

सञ्चालक समितिका अध्यक्ष विरबहादुर अधिकारीले अध्यक्ष पदबाट राजीनामा दिएपछि सञ्चालक समितिले सञ्चालक अर्याललाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।