काठमाडौँ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्दलाई तोकेको छ । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले बैठकमा आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार अबको नेतृत्व चन्दले गर्ने बताएका छन् ।
उनले मोर्चाले गरेको कमी कमजोरीलाई सच्याएर अघि बढ्ने र छिटै अर्को बैठक बस्ने बताए । यसअघि मोर्चाको नेतृत्व नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गरेको बताउँदै महासचिव गुरुङले बैठकमा कार्यक्रमका योजनाहरू बनाएर जनपरिचालन लगायतका कार्यक्रम गर्ने सहमति भएको पनि बताए ।