काठमाडौं । लजगा ह्यान्डिक्राफ्टले चाबहिलको मैजुबहालमा आफ्नो नयाँ सोरूमको उद्घाटन गरेको छ । वसन्त पञ्चमीको शुभ अवसरमा लजगा ह्यान्डिक्राफ्ट नयाँ सोरुम सञ्चालनमा ल्याएको हो ।
लजगा ह्यान्डिक्राफ्टले नेपालको सांस्कृतिक सम्पदाको प्रवद्र्धन गर्न र स्थानीय कारिगरहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न सघाउने छ । सोरुममा उपलब्ध गरगहना र हस्तशिल्पको उत्कृष्ट संग्रहले कलाप्रेमी र फेसनका जानकारलाई एकै किसिमले मोहित पार्ने लजगा ह्यान्डिक्राफ्टले अपेक्षा गरेको छ । लजगा ह्यान्डिक्राफ्टको सोरुम उद्घाटन कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद शर्माले लजगा हस्तकलाका सिर्जनाहरूले सम्पदालाई हाइलाइट गर्दै लैजाने विश्वास व्यक्त गरे ।