काठमाडौं । उदयपुर मेलामा नेपाल इको प्यानलले आफ्नो स्टल राखेको छ । गाईघाटका लागि नेपाल इको प्यानलको आधिकारिक विक्रेता लक्की ग्रुप गाईघाटले मेलामा स्टल राखेको हो ।
इको प्यानल नेपालको बारेमा उदयपुर क्षेत्रमा जानकारी दिने उद्देश्यले स्टल राखिएको इको प्यानल नेपाल केन्द्रले जनाएको छ । इको प्यानल नेपाल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेसन वालको रूपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । यो हलुका हुने भएकाले यातायातको असुविधा हुने पहाडी जिल्लाहरूमा पनि उत्तिकै उपयुक्त हुने गरेको छ । हलुका भएकै कारण ढुवानी खर्च कम लाग्ने भएकाले यो खर्चको हिसाबले पनि किफायती हुन्छ । यो तीनवटा आईएसओ चिह्न प्राप्त गुणस्तरीय निर्माण सामग्री हो । महोत्सव फागुन १० गतेसम्म चल्नेछ ।