काठमाडौं,सामाजिक संचालमा संक्रिय रहेर बिभिन्न बिषयमा सर्वविज्ञ बनेर स्टाटस र कमेन्ट गर्ने भाइरल पूर्वसचिव भीम उपाध्याय सहित १५ जना बिरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । भ्रष्टाचार बिरुद्ध सामाजिक संञ्जालमा आवाज उठाउने भिम उपाध्य आफैँ अहिले अख्तियारको फन्दामा परेका छन् ।
मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिव भीम उपाध्याय, गजेन्द्रकुमार ठाकुर र सञ्जय शर्मासहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरु बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समय अनुसन्धानपछि आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।