काठमाडौं । वात्सल्य नेचुरल आईभीएफले आफ्नो ब्राण्ड एम्बेस्डरको रूपमा अभिनेत्री प्रियंका कार्की, अभिनेता आयुष्मान देशराज र तिनका सुपुत्री आयांकालाई संयुक्तरूपमा नियुक्त गरेको छ ।
वात्सल्यको नारायणचौर स्थित क्लिनिकमा भएको एक कार्यक्रममा दुवै पक्षले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताबमोजिम प्रियंका कार्की, आयुष्मान देशराज र आयांकाले निःसन्तानसँग सम्बन्धित विषयमा जागरुकता फैलाउने र उपचारमा पहुँच बढाउने कार्यमा संलग्न रहनेछन् । वात्सल्यले आईभीएफका साथै आईयूआई, ओभुलेसन इन्डक्सन, फर्टीलिटी फ्रिजिंग, प्रसूतिपूर्वको सम्पूर्ण जाँचजस्ता प्रजनन्सम्बन्धी विभिन्न आधुनिक सेवा प्रदान गर्छ ।