काठमाडौं । पर्याप्त कर्मचारी नभएर सेवा प्रवाहमा समस्या भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले गुनासो गरेको छ । विमानस्थल अध्यागमन कार्यालयमा १२१ अध्यागमन अधिकृतको दरबन्दी रहेकोमा करिब ९० जना मात्रै अधिकृत कार्यरत छन् ।
दरबन्दीअनुसार कर्मचारी नभएकाले अध्यागमन विभाग र मन्त्रालयसँग थप कर्मचारी माग गरेको भन्दै सहज ढंगले सेवा प्रवाह गर्न कर्मचारी अभाव भइरहेको अध्यामन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख गोगनबहादुर हमालले बताए । दैनिक १७ हजारसम्म यात्रुलाई अध्यागमन अधिकृतबाट नै सेवा दिनुपर्ने भएकाले जनशक्ति कम हुँदा समस्या भएको हमालले बताए ।