काठमाडौं : इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले देशका ४३ जिल्लाका ९५ वटा शाखाका सम्पूर्ण शाखा प्रमुख तथा अनुगमन अधिृकतहरुलाई“Navigating challenges- Embracing Opportunities” तालिम सम्पन्न गरेको छ । विश्वको सुन्दर नगरी पोखरामा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण कुमार लामा ज्युको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वर्तमान परिवेशमा लघुवित्त क्षेत्रमा देखिएको चुनौतिहरुलाई सामना गर्दै उपयुक्त अवसरहरुको खोजिमा लाग्नुपर्ने भएकोमा कर्मचारीहरुलाई समय समयमा यस्ता किसिमका तालिम संचालनले समग्र लघुवित्त क्षेत्रमा कार्यक्रमको गुणस्तरमा समेत सुधार आउने कुरा वित्तीय संस्थाको नायव प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले बताए । कार्यक्रम वित्तीय संस्थाका संस्थापक द्धय दिनेश अधिकारी र रविन नेपालको विशेष आतिथ्यमा सञ्चालन भएको थियो । कार्यक्रममा भएको सिकाईलाई पुर्णरुपमा व्यवहारमा कार्यान्वयन गरि आगामी दिनमा लघुवित्त क्षेत्रमा गुणस्तरीय सेवा सहित प्रभावकारी कार्यक्रम विस्तार गर्न समेत अतिथि द्धयले कर्मचारीहरुलाई प्रेरित गरेका थिए । कार्यक्रममा वित्तीय संस्थाका विभागीय प्रमुखहरु प्रेम बहादुर थापा, अन्जना प्याकुरेल, नयन देवकोटा र प्रभात न्यौपानेको समेत उपस्थिति रहेको थियो । कार्यक्रम होटल ल्याण्डमार्क पोखराको सभाहलमा सम्पन्न भएको न्यौपानेले जानकारी गराए ।