काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । फागुन ४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगरी सञ्चित कोषमै सञ्चित गर्ने निर्णय गरेको छ ।

सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल बीमा प्राधिकरणको स्वीकृतिका लागि पठाउने निर्णय पनि गरेको छ ।