काठमाडौं । एलएस (लक्ष्मी सनराइज) क्यापिटल कोष प्रबन्धक भएको लक्ष्मी सस्टेनेबल एनर्जी फन्डले पुवा खोला–वान हाइड्रोपावर लिमिटेडमा रणनीतिक लगानी गर्ने भएको छ । फन्डले सो आयोजनामा रणनीतिक लगानी गर्नेसम्बन्धी सम्झौतामा हालै हस्ताक्षर समेत गरेको छ ।
उक्त सम्झौता—पत्रमा लक्ष्मी सनराइज क्यापिटलका अध्यक्ष राजीव सापकोटा तथा पुवा खोला–वान हाइड्रोपावरका अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन् । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले पुवा खोला जलविद्युत् आयोजना निर्माण गरेको छ । यस आयोजनाले विद्युत् उत्पादन थालिसकेको छ । इलाम जिल्लामा अवस्थित यस आयोजनाको उत्पादन क्षमता चार मेगावाट रहेको छ । लक्ष्मी सनराइज क्यापिटको लक्ष्मी सस्टेनेबल एनर्जी फन्ड एक अर्ब रुपैयाँ बराबरको रहेको छ । यो कोषले मुख्यतया जलविद्युत्, सौर्य र वायु ऊर्जालगायत दिगो ऊर्जा क्षेत्रमा लगानी गर्नेछ ।