काठमाडौं । ठेगाना सर्भिसेसले ‘ठेगाना आईडी एप’ एन्ड्रोइड र आइओएसका लागि ल्याएको छ । यो एप डाउनलोड गरेपछि नेपाल टेलिकमलगायत विभिन्न ठाउँमा केवाइसी फर्म भरेपछि नागरिकतालगायतका कागजातहरू पुर्याउन जानुपर्ने छैन ।
ठेगाना आईडीले अहिले नेपाल टेलिकम डाउनलोड गरेपछि केवाइसी फर्म घरमै बसेर अपडेट गर्न सकिने छ । एप्सले प्रयोगकर्ताको डाटाको सुरक्षा र गोपनीयता पनि कायम हुने ठेगाना सर्भिसेसका विशाल केसीले जानकारी दिए । पछिल्लो समय डिजिटलाइजेसनको दुनियाँमा नेपाल पनि प्रवेश गरिसकेकाले सेवाग्राहीलाई झन्झटमुक्त बनाउनका लागि यो काम गरिएको केसीले बताए । अहिले सानो संख्यामा सुरु भएको जानकारी दिँदै उनले आगामी दिनमा सबै डाटाहरू एकीकृत हुने बताए ।