काठमाडौं । द कोका–कोला फाउन्डेसनले वाटरएड नेपाल, गोदावरी नगरपालिका र सीआईयुडीसँगको सहकार्यमा निर्माण गरेको गोदावरी नगरपालिका वडा नम्बर ६ मा अवस्थित कालिटार सस्टेनेबल वास प्रोजेक्ट हस्तान्तरण गरेकोे छ ।
यस परियोजनाले समुदायमा सुरक्षित, पर्याप्त र सुलभ खानेपानी पुर्याउने र मानिसहरूको सरसफाइ व्यवहारमा पनि सुधार गर्ने लक्ष्य राखेको छ । हालै कम्पनीले वडा नम्बर ६ का अध्यक्ष विष्णुमान महर्जनको हातबाट सो परियोजना औपचारिकरूपमा हस्तान्तरण गरेको हो । उक्त परियोजना मुख्यरूपमा तीनवटा प्रमुख उद्देश्यहरूमा केन्द्रित छ । पहिलो, यस क्षेत्रमा दुई वटा इन्टेक जडान गर्ने, दुई वटा रिजरभ्वोएर ट्याङ्कीको अपग्रेड गर्ने, २७ सय ६६ मिटर प्रसारण लाइन बिछ्याउने, एक सय ४८ घरधुरी र तीनवटा मन्दिरमा पानीको मिटर जोड्न ३७ सय दुई मिटर पाइप जडान गर्दै यहाँको खानेपानी प्रणालीको बृहत् पुनःस्थापना गर्ने हो । यस परियोजनाको दोस्रो उद्देश्य भनेको उक्त समुदायको सरसफाइ अभ्यासहरूमा परिवर्तन ल्याउने हो । यस्तै, तेस्रोमा यहाँका प्रयोगकर्ताहरूको क्षमता वृद्धि गरी समुदायभित्र स्वच्छ व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु रहेको कम्पनीले जनाएको छ ।
२०१५ को विनाशकारी भूकम्पपछि लेलेका बासिन्दाले धेरै चुनौतीहरूको सामना गर्नुपरेको थियो । धेरै पानीका मुहानहरू सुकेको थियो भने अव्यवस्थित सडक निर्माणले स्रोतहरूलाई थप हानि पु¥याउने पहिरो निम्त्याएर स्थितिलाई झनै बिगारेको थियो ।