कोलम्बो । जनवरी महिनामा छ सयभन्दा बढी श्रीलंकालीहरू कृषि क्षेत्रमा काम गर्न इजरायल गएको श्रम तथा वैदेशिक रोजगार मन्त्री मानुषा नानायक्काराले सोमबार सञ्चारमाध्यमलाई बताएका छन् । गत जनवरीमा छ सय दुई जना श्रीलंकाली कृषि कार्यका लागि इजरायल गएका छन् ।
मन्त्रीले छिट्टै इजरायली कृषि मन्त्रीलाई भेटेर त्यहाँ कृषि मजदुर पठाउने औपचारिक सम्झौतामा हस्ताक्षर गर्ने जनाकारी दिएका छन् । नानायक्काराले गत वर्ष एक हजार ७० श्रीलंकालीहरू हेरचाहकर्ताको रूपमा इजरायलमा रोजगारीका लागि गएको पनि जानकारी दिए । इजरायल आधुनिक प्रविधियुक्त कृषि प्रणालीका लागि विश्वविख्यात छ । रासस/सिन्ह्वा