काठमाडौं । समृद्धि फाइनान्सले स्थानीय व्यवसायीसँग छलफल गरेको छ । फाइनान्सले हरिपुर नगरपालिका वडा नं. ९ पिडारी चोकका स्थानीय व्यवसायीहरूसँग अन्तत्र्रिmया कार्यक्रम सम्पन्न गरेको हो ।
स्थानीय व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरू तथा अन्य बचतकर्ताहरूले फाइनान्सबाट लाभांशित हुन सक्ने सेवा सुविधाहरू तथा वित्तीय परामर्शको बारेमा विस्तृत अन्तक्र्रिया गरिएको थियो । उक्त कार्यक्रममा फाइनान्सबाट उपलब्ध गराइएको सुविधाहरूको पूर्ण सदुपयोग गर्नेसम्बन्धी अन्तक्र्रिया गर्दै व्यवसायीहरूसँग अझ प्रगाढ सम्बन्ध बनाउन फाइनान्सले गर्नुपर्ने कार्यहरूलाई मुख्य विषय बनाएको थियो । ३५ जना स्थानीय व्यवसायी तथा बचतकर्ताहरूको सहभागितामा सम्पन्न भएको उक्त कार्यक्रममा साधारण, चल्ती तथा मुद्दती खाता, कर्जा विवरण तथा विद्युतीय बैकिङ सुविधाको विषयमा जानकारी लिनुका साथै पछिल्लो समयमा वित्तीय सेवामा आएका चुनौती, समस्या र समाधानका विषयमा छलफल भएको छ ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल तेह्र वटा शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ भने आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङलगायतका बैंकिङ र मोबाइल बैंकिङ, डेबिट कार्ड, क्युआर कोडजस्ता डिजिटल सुविधाहरू समेत प्रदान गरिरहेको छ ।