परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरबीच शुक्रबार भेटवार्ता भएको छ। रायसिना संवाद (#RaisinaDialogue2024) का लागि नयाँ दिल्लीमा रहेका परराष्ट्रमन्त्री साउद र समकक्षी जयशंकरबीच भेटवार्ता भएको हो। उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको जानकारी प्राप्त भएको छ । परराष्ट्रमन्त्री साउद सो कार्यक्रममा सहभागी हुन बुधबार नयाँ दिल्ली प्रस्थान गरेका थिए। कार्यक्रमलाई उनले आज सम्बोधन गर्ने कार्यक्रम तय थियो।