काठमाडौं,अदालतमा १ लाख ५ड हजार १४७ थान मुद्दा फस्यौट हुन बाँकी रहेको छ । ती मध्ये सर्वोच्च अदालतमा २८ हजार १२५ वटा उच्च अदालतमा २९ हजार १४७ वटा र जिल्ला अदालतमा १ लाख २१ हजार ९२१ वटा मुद्दा बाँकी रहेको छ ।

सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले राष्ट्रिपति रामचन्द्र पौडेल समक्ष पेश गरेको बार्षिक प्रतिवेदनमा उक्त तथ्याङ्क समेटिएको छ ।