काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको रिक्त रहेको सञ्चालक समितिको सदस्यहरूमा अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाल र प्राडा रामप्रसाद ज्ञवाली नियुक्त भएका छन् ।
सञ्चालक समितिका नवनियुक्त सदस्यहरू रिसाल र ज्ञवालीले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुङ्गाना समक्ष बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ बमोजिम बिहीबार पद तथा गोपनीयताको सपथ समेत लिइसकेका छन् । साथै, उनीहरूले सोही दिन पदबहाली समेत गरेका थिए । सो कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतहरू, उपकार्यकारी अधिकृतहरू र कम्पनी सचिवलगायतको उपस्थिति रहेको थियो ।