काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नवलपरासी पूर्वमा अवस्थित श्री लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकको गण्डकी प्रदेशअन्तर्गत अमरापुरी शाखाले गैंडाकोट नगरपालिका १५ अमरापुरी अवस्थित सो विद्यालयको वार्षिक दिवसको अवसरमा कक्षा १ देखि कक्षा १२ सम्मका उत्कृष्ट विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पहलअन्तर्गत आर्थिक र सामाजिकरूपमा विपन्न पृष्ठभूमिका उत्कृष्ट विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गरेको जनाएको छ । विद्यालयले शैक्षिक सामग्री वितरणलाई एक उदाहरणीयरूपमा लिएर सहयोगको लागि शाखाप्रति कृतज्ञता समेत व्यक्त गरेको छ । यो पहल प्रत्येक विद्यार्थीको आर्थिक वा सामाजिक पृष्ठभूमि जस्तोसुकै भए पनि गुणस्तरीय शिक्षामा पहुँच छ भन्ने सुनिश्चित गर्नका लागि एउटा कदम हो भन्ने विश्वास बैंकले लिएको छ ।