लक्ष्मी वनस्पति घ्यू उद्योगले मुद्दा जितेको छ र अब वाणिज्य बैंकको डुबेको कर्जा पनि असुल हुने भएको छ । धेरै वर्षदेखि अत्यन्त विवादमा रहेको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड विशाल बजार शाखाबाट लगानी रहेको स्व. धीरेन्द्र वीरविक्रम शाहदेवको समयमा उनकै स्वामित्वमा रहेको लक्ष्मी वनस्पति घ्यू उद्योगको ऋण अन्तत्वगोत्वा अदालतको फैसलाले ३० वर्षपछि असुली हुने पक्काजस्तै भएको छ । उक्त उद्योगमा तत्कालीन नेपाल औद्यौगिक विकास निगम लिमिटेड (वित्तीय संस्था) र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड विशाल बजार शाखाबाट सहवित्तीयकरण (कन्सोर्टियम) अन्तर्गत लगानी भई स्थापित उक्त उद्योगमा मिति २०४९ सालमा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट एक करोड ५० लाख रुपैयाँ तथा ने.औ.वि.नि.लि.बाट ५० लाख रुपैयाँ चालू पुँजी तथा ने.औ.वि.नि.लि.को दीर्घकालीन ऋण तीन करोड आठ लाख ४० हजार चार सय ४९ रुपैयाँको कन्सोर्टियमको तम्सुक पत्रमा लक्ष्मी वनस्पति घ्यू उद्योगका तर्फबाट रवी विक्रम सिंह (प्रबन्धक निर्देशक)ले तम्सुकमा हस्ताक्षर गरेका थिए ।
ने.औ.वि.नि.लि.को स्थिर सम्पत्तिमा पहिलो अधिकार र सहभागी बैंक राष्ट्रिय वाणिज्य बैंकको दोश्रो अधिकार तथा करेन्ट एसेस्ट (मेशिनरिज)मा रा.वा.बैंक लि.को प्रथम अधिकार हुने र उद्योग सञ्चालन गर्न कच्चा पदार्थ सामानहरू पाल्म आयल झिकाउने भनी सहवित्तियकरणको संयुक्त बैठकबाट पुनः चालू पुँजी कर्जा दुई करोड रुपैयाँ वाणिज्य बैंकका तर्फबाट २०५१ सालमा थप लगानी भए पछि उद्योगका तर्फबाट तत्कालिन सञ्चालकहरू रविविक्रम सिंह, जगतप्रसाद गौचन तथा ईन्द्रप्रसाद शेरचनबाट व्यक्तिगत जमानीका तम्सुकहरू समेत गरेको पाइएको छ । उद्योग सञ्चालनमा आएता पनि सञ्चालकहरूको लापर्वाहीका कारणले उद्योग पूर्ण रूपमा सञ्चालनमा नआई बन्दको स्थितिमा पुग्यो र केही वर्ष बन्द नै रह्यो । २०५८ सालमा दरबार हत्या काण्डमा मारिनु पूर्व स्व. धीरेन्द्र बीर विक्रम शाहबाट आफ्नो नाउँमा रहेको सम्पूर्ण सेयरहरू जगतप्रसाद गौचन तथा उनका पत्नी सरिता गौचनका नाउँमा खरीद बिक्री भएको देखिन्छ ।