काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संखुवासभा जिल्लाको चैनपुर नगरपालिका वडा न.३ पोखरीबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले २८७ औँ शाखा कार्यालय पोखरीबजार विस्तार गरी कारोबार शुभारम्भ गरिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालले आइतबार विधिवत्रूपमा उक्त शाखाको उद्घाटन गरेका थिए । कार्यक्रममा न्यायाधीश फुयालले बैंकहरूले आम जनताप्रति संवेदनशील भई आधुनिक बैंकिङ सेवा प्रवाह गर्नुपर्ने र ग्राहकहरूले पनि बैंकिङ अनुशासनभित्र रही बैंकिङ कारोबार गर्नुपर्ने बताए । यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले आम नागरिकमा वित्तीय पहुँच विस्तार गरिरहेको बताए । शाखा कार्यालय पोखरीबजारको समुद्घाटनपूर्व वित्तीय साक्षरतासम्बन्धी प्रभातफेरि कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त कार्यक्रममा चैनपुर नगरपालिकाका नगर प्रमुख कृष्णकुमार तामाङ, उप्रप्रमुख एलिना श्रेष्ठ, चैनपुर नपा वडा नं ३ का वडाध्यक्ष बलबहादुर अधिकारी, पूर्वनगर प्रमुख भरतकुमार खत्रीलगायतको उपस्थिति रहेको थियो ।