काठमाडौं : तत्कालीन सेञ्चुरी कमर्सियल बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) पक्राउ परेका छन् । उनलाई बैंकिङ घोटलामा सीआईबीले पक्राउ गरेका हुन् । सेञ्चुरी बैंक मर्जरप्रश्चात प्रभु बैंकको नाममा संचालन हुँदै आएको छ भने न्यौपाने सोही बैंकको डेपुटी सिइओको रुपमा काम गर्दै आएका छन् । न्यौपानेले देउराली बहुउद्देश्यीय सहकारीका संस्था लिमिटेडका रविन्द्र चौलागाईलाई लामाटारको जग्गा देखाएर बिना धितो ९६ करोड कर्जा दिएका थिए । पूर्व डेपुटी गर्भनर शिवराज श्रेष्ठको बहिनी ज्वाई समेत रहेका न्यौपाने नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालका भान्जा पनि हुन् । पूर्व डेपुटी गर्भनर श्रेष्ठ र पूर्वप्रधानमन्त्री समेत रहेका माधव नेपालको शक्तिको आडमा चलखेल गर्दै आएका न्यौपानेलाई रविन्द्र न्यौपानेको बयानको आधारमा सिईबीले पक्राउ गरेको हो । न्यौपाने सहित बैंकका तत्कालीन चिज क्रेडिट अफिसर राजेश भण्डारी, न्यौपाने अगिका तत्कालिन सिइओ तुलसीराम गौतम, सविन घिमिरे, सुवास श्रेष्ठ, अनुपमा श्रेष्ठ, सुनिल बस्नेत, दिलिप बराल, सन्ध्या श्रेष्ठ, दिपेश प्रधान र रमण श्रेष्ठ लगायत ११ जना पक्राउ परेका हुन् । सीआईबीले यी सम्पूर्ण काण्डका साक्षी, शुत्राधार तथा नाम मात्रका सेयरधनी बैंकका तत्कालिन अध्यक्ष राजेश श्रेष्ठलाई भने खोजी जारी राखेको बताएको छ ।