सुनचाँदी व्यवसायीहरूले विशाल बजारमा रहेको रिद्धिसिद्धि ज्वेलरी हाउसका सञ्चालक नरेन्द्रकुमार गुप्ताका गतिविधिको छानबिन गर्न माग गरेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघको आज बसेको संयुक्त भेलाले गुप्ताका गतिविधिको छानबिन गर्न माग गर्ने निर्णय गरेको हो ।