काठमाडौं । इ–सेवाले यस वर्ष पनि पुनः ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत प्रयोगकर्ताले इ–सेवाबाट होटेल बुक गर्दा वा बसको टिकट काट्दा अथवा आन्तरिक वा अन्तर्राष्ट्रिय हवाई जहाजको खरिद गर्दा दुई लाख जितेर डबल लखपति बन्ने मौका पाउनेछन् ।
इ–सेवामा रहेको यात्रासम्बन्धी यी सेवाहरूको प्रयोगमा प्रयोगकर्ताले अन्य थुप्रै क्यासब्याक तथा आकर्षक उपहार पनि जित्ने मौका रहेको छ । ‘मेरो यात्राको साथी २’ नाम दिइएको उक्त अफरमार्फत् यात्राको लागि इ–सेवाको प्रयोग गरी हवाईजहाज टिकेटिङ, बस टिकेटिङ, होटेल बुकिङ तथा अन्तर्राष्ट्रिय हवाईजहाज टिकेटिङमा आकर्षक अफरहरू सामेल गरिएको इ–सेवाले जनाएको छ । यी विविध सेवामध्ये कम्तीमा कुनै पनि एक सेवाको प्रयोगमा एक प्रयोगकर्ताले बम्पर उपहारस्वरूप दुई लाख रुपैयाँ प्राप्त गर्ने कम्पनीले बताएको छ ।
कम्पनीले यस अफरअन्तर्गत अन्य थुप्रै आकर्षक उपहारको सूचीमा प्रत्येक सेवाको लागि विविध अफर पनि ल्याएको छ । आन्तरिक हवाईजहाज टिकट खरिदमा प्रत्येक हप्ता एक जनाले सात हजार रुपैयाँसम्मको फुल रिफन्डस्वरूप पूर्ण क्यासब्याक पाउनेछन् । त्यस्तै, इ–सेवाबाट बसको टिकट काट्दा आठ जनाले (हरेक हप्ता दुई जनाको दरले) अफर अवधिमा शतप्रतिशत क्यासब्याक (रिटर्न टिकटको मूल्य बराबर) जित्ने मौका पाउनेछन् भने अन्तर्राष्ट्रिय हवाइजहाजको टिकट खरिदमा हरेक सोमबार बेलुकी चारदेखि पाँच बजेसम्म एक हजार पाँच सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो अफर चैत्र १३ गतेसम्म लागू हुनेछ ।
यी सबै अफरबारे विस्तृतमा जानकारी इ–सेवाको आधिकारिक ब्लग तथा सामाजिक सञ्जालमा रहेको इ–सेवाले जनाएको छ । सेवाग्राहीले क्यासब्याक पाउनका लागि दिइएको प्रोमोकोडको अनिवार्यरूपमा प्रयोग गर्नुपर्ने तथा ४८ घण्टामा इ–सेवा खातामा स्वचालितरूपमा उपलब्ध हुने समेत इ–सेवाले जनाएको छ ।