काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेड, पोखरा शाखा र ग्यालेक्सी हस्पिटल, पोखराका बीचमा सेवा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौताबमोजिम मञ्जुश्री फाइनान्सका सम्पूर्ण कर्मचारी तथा ग्राहकले सो हस्पिटलका सम्पूर्ण सेवाहरूमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । साथै, उक्त बिल भुक्तानी गर्दा यस वित्तीय संस्थाको मोबाइल बैंकिङ एप, डेबिट कार्ड वा नगद जुनसुकै माध्यमबाट गर्न सकिनेछ ।