काठमाडौं, जेठ २१
खेलकुुद क्षेत्रमा निकै नै ख्याती कमाएको महावीर क्वलले पूर्वराज परिवारका सदस्यहरूको सम्झनामा दीप प्रज्वलन गरेको छ । क्लबका अध्यक्ष दिवाकर घलेका अनुसार दबवार हत्याकाण्ड भएको दिन अर्थात् जेठ १९ गते काठमाडौँको डिल्लीबजार मैतिदेवी क्षेत्रमा पर्ने बसन्तेश्वर महादेवको मन्दिर परिसरमा स्वर्गीय पूर्वराजा वीरेन्द्र र राजपरिवारका अन्य सदस्यहरूको सम्झनामा दीप प्रज्वलन गरिएको हो ।
अहिले सिंगो विश्वको मानव समुुदाय नै कोरोना भाइरस (कोभिड १९)को महामारीबाट गुज्रिरहेको छ । यो अवस्थामा नेपालले पनि कोरोना भाइरस नियन्त्रण तथा रोकथाम गर्नको लागि चैत ११ गतेदेखि नै विभिन्न चरणमा लकडाउनको घोषणा गरेको छ । पछिल्लो घोषणाअनुसार लकडाउनको अवधि यही जेठ ३२ गतेसम्म तोकिएको छ । यही लकडाउनको बीचमा पनि पूर्वरापरिवारको सम्झना र देशमा दिगो आर्थिक विकास, शान्ति र समृद्धि होस भन्ने उद्देश्यसहित गरिएको दीप प्रज्वलनमा काठमाडौंको बागबजार, न्यूप्लाजा, डिल्लीबजार, कमलपोखरी, मैतिदेवी, घट्टेकुुलोलगायतका धेरै क्षेत्रमा सर्वसाधारणको उपस्थिति थियो, अध्यक्ष घलेले भने ।
दीप प्रज्वलनको प्रमुुख उद्देश्य विश्व छिट्टै नै कोरोना भाइरस (कोभिड १९)को महामारी अन्त्यसहित स्वर्गीय राजपरिवारका आत्माको चीर शान्ती र सिंगो मुुलुकको विकास र समृद्धिको लागि हो, उनले भने ।