भरतपुर । भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन शुक्रबार चितवन आएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी)सँगको गठबन्धन नतोडिने बताएका छन् । पार्टीहरु बिचमा जति आलोचनाहरु भए पनि गठबन्धन नतोडिने दाबी गर्दैे उनले भने, “ढुक्क हुनुस् गठबन्धन तोडिदैन ।”
बिहीबार चितवनमा कांग्रेसप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको तिखो आलोनाका सम्बन्धमा सोधिएको प्रश्नको जवाफमा सभापति देउवाले प्रधानमन्त्री प्रचण्डले भने जसरी कांग्रेस महासमिति बैठकले कुनै पनि अनावश्यक निर्णय नगरेको दाबी गरे ।
कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा लैजाने सम्बन्धमा गठबन्धन दलहरु बिचमा विवाद नरहेको पनि सभापति देउवाले स्पष्ट पारका छन् । राष्ट्रियसभा अध्यक्षमा सिटौलालाई लैजाने सवालमा सल्लाहा भइरहेको र गठबन्धन दलहरु बिचमा सहमति गरेरै उनलाई अगाडि सार्ने देउवाले बताए । उनले आफ्ना उमेदवारलाई राष्ट्रिय सभा अध्यक्ष बनाउने सवालमा माओवादीले एमालेसँग गरिरहेको छलफल तथा वार्ता आफूलाई जानकारीमा नरहेको बताए ।