कास्की । बालबिबाह मुद्दामा फरार रहेका अन्नपूर्ण गाउँपालिकाका सरस्वती विक र विनिता सुनार दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
सरस्वतीलाई ३ महिना कैदसहित २ हजार ५ सय रुपियाँ जरिवाना र पीडित राहत कोषमा दुईसय रुपियाँ दाखिला गर्न जिल्ला अदालत कास्कीले माघ १० गते फैसला गरेको थियो । त्यसमा उनले २ महिना १८ दिन कैद सजाय र २ हजार ७ सय रुपियाँ भुक्तान गर्न बाँकी छ ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय कास्कीले बिनिता सुनारको हकमा ३ महिना कैद सजाय र २ हजार ५ सय जरिवाना २ सय भुक्तान गर्न बाँकी भइ फरारको सूचीमा रहेको जानकारी दिएको छ । पोखरा महानगरपालिका–१ हरिचोकबाट उनीहरुलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।