काठमाडौं,नेकपा एमालेका नेता केपी शर्मा ओली आइतबार साँझ बालुवाटार पुगेका छन् । आइतबार बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका ओली साँझ अहिले पनि बालुवाटार पुगेको समाचार स्रोतले बताएको छ । उनी अर्का नेता शंकर पोखरेललाई समेत लिएर बालुवाटार पुगेका हुन् ।उनी बालुवाटार जानुलाई अर्थपूर्ण तरिकाले हेरिएको छ । गठबन्धनमा खटपट आएको हुन सक्ने आकलन गरिएको छ ।