राजनीतिक घटनाक्रम नयाँ तरिकाले विकसित भएसँगै सोमबार बिहानका लागि बोलाइएको कानुन समितिको बैठक स्थगित भएको छ । समितिका सदस्य तथा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले बैठक बस्दै नबसी स्थगित गरिएको सञ्चार माध्यमलाई बताएका छन्।