काठमाडौँ । प्रतिनिधिसभाको सोमबार ११ बजे बस्ने भनिएको बैठक विशेष कारणबस स्थगित गरिएको सङ्घीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयले जारी गरेको सूचनामा उल्लेख छ ।

“प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखज्यूले सभाको अर्को बैठक आगामी फागुन २४ गते बिहीबार विहान ११ बजे बस्ने गरी निर्धारण गरेको व्यहोरा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ”, सूचनामा भनिएको छ ।