काठमाडौं, जेठ २१
महिला लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन करोड दुुई लाख २५ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा दुुई करोड सात लाख ८८ हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी छ करोड रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा ६५ करोड १२ लाख ४९ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ७२ करोड ९१ लाख ९२ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा नौ करोड ९२ लाख ८९ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोेभिजन रकम चार करोड १२ लाख २१ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अ अनुुपात दुई दशमलव ५३ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा संस्थाले ४१ करोड ८६ लाख ६७ हजार रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब १७ करोड ८४ लाख १६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ करोड एक लाख ७४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड ४८ लाख छ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव चार प्रतिशत रहेको थियो ।