काठमाडौं । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको अध्यक्षमा शिवसागर शर्मा निर्वाचित भएका छन् । महासंघको शनिबार सम्पन्न ७ औँ महाधिवेशनमा भएको निर्वाचनमा शर्मा अध्यक्षमा विजयी भएका हुन् ।
यसैगरी महासंघको वरिष्ठ उपाध्यक्षमा मातृका शिवाकोटी, उपाध्यक्षमा नारायणकुमार श्रेष्ठ, बुद्धिप्रसाद अधिकारी र सरोज मास्के निर्वाचित भएका छन् । यस्तै, महासचिवमा विष्णुप्रसाद पौडेल, उप–महासचिवमा अर्जुन कुमार आचार्य, कोषाध्यक्षमा ताराराम श्रेष्ठ, सचिवमा महेश शर्मा र शम्भु लामिछाने, महिला सचिवमा कोपिला गिरी तथा सह–कोषाध्यक्षमा रवीन बराल निर्वाचित भएका छन् । राजधानीमा दुई दिनसम्म चलेको महाधिवेसनले लेखा समिति संयोजकमा कृष्णराम कार्कीलाई निर्वाचित गर्दै ३८ जनाको कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष शर्माले आफ्नो कार्यकालमा महासंघको गरिमालाई बढाउँदै व्यवसायीका समस्या समाधानमा प्रयास रहने बताए ।