काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहणका लागि सोमबार अपरान्ह ५ बजेका लागि समय माग भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका मन्त्रीहरु फेरबदल हुने भएका छन् ।
नयाँ मन्त्रीहरुको शपथ ग्रहणका लागि सोमबार राष्ट्रपतिसमक्ष समय माग भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । सोमबार शपथ लिने मन्त्रीहरुमा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा (एमाले) बाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डोलप्रसाद (डिपी) अर्यालले विना विभागीय मन्त्रीको पद तथा गोपनीयताको शपथ लिने सल्लाहकार आचार्यले जानकारी दिए ।