काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्ड मन्त्रीहरुको कामका कारण नभई अर्कै कुराबाट प्रभावित भएर समिकरण फेरेको व्रिफिङ गरेका छन् । प्रचण्डको रातभरको समीकरण फेर्ने चक्कर पछि सोमबार बिहान सभापति देउवाले आफ्नै निवास बुढानीलकण्ठमा बोलाएको पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको संयुक्त बैठकमा उक्त व्रिफिङ गरेका हुन् तर उनले प्रचण्डलाई प्रभावित पार्ने अकै कुरा चाहि के हो भनेर बताएका छैनन । उनले प्रचण्डले कुनै पनि बेला धोका दिन्छन भनेर आफू चनाखो भएर हेरिरहेको समेत बताएका छन् ।