काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा संघीय संसद् सचिवालयद्वारा आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मिला अर्यालले शपथ गराएकी हुन् । यही फागुन २० गतेदेखि कार्यकाल सकिने १९ पदका लागि गत माघ ११ गते निर्वाचन भएको थियो ।