काठमाडौं, जेठ २१
नेपाल राष्ट्र बैंकले चार अर्ब रूपैयाँ बराबरको बचत पत्रको बिक्री अवधि थप गरेको छ । राष्ट्र बैंकका अनुुसार यही जेठ १ गतेबाट पाँच वर्षे अवधिको नागरिक बचतपत्र २०८२ (पाँच वर्षे)को बिक्री कार्य गरिएको थियो । सोही आधारमा बिक्री खुल्ला हुने अवधि यही जेठ १ गतेदेखि जेठ २१ गतेसम्म तोकिएकोमा बचतपत्रको बिक्री अवधि थप गर्दै राष्ट्र बैंकले असार २१ गतेसम्म पु-याएको हो । बिक्री अवधि थप गरेपछि राष्ट्र बैंकले बचतपत्रको निष्काशन मिती २०७७ असार २९ गते तोकेको छ भने सावाँ भुक्तानी मिति विसं २०८२ असार २९ गते तोकेको छ ।
बिक्री अवधि थप हुुनुुअघि भने बचतपत्रको निष्काशन मिति २०७७ जेठ २५ गते तोकिएको थियो भने बचतपत्रको सावाँ भुक्तानी अवधि भने २०८२ जेठ २५ गते तोकिएको थियो । वार्षिक नौ प्रतिशत ब्याजदर तोकिएको र ब्याजकर लाग्ने बचतपत्रको ब्याज भुक्तानी प्रत्येक छ/छ महिनामा हुुनेछ । राष्ट्र बैंकका अनुसार यो बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न सक्नेछन् ।
बचतपत्रको लागि खरिद गर्न पाउने सीमा घटीमा १० हजार रूपैयाँ र बढीमा बढीमा कुुल निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निशेष भाग जाने अंकसम्मको अधीनमा रहेर खरिद गर्न सकिनेछ । राष्ट्र बैंकका अनुुसार खरिद गरिएको बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन समेत सकिनेछ । राष्ट्र बैंकद्वारा अनुुमतिप्राप्त फोन –पेले पायो पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड
नेपाल राष्ट्र बैंकबाट अनुुमतिप्राप्त फोन –पे पेमेन्ट सर्विस लिमिटेडले पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड प्राप्त गरेको छ । नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली अपरेटर रहेको फोन –पेले पछिल्लो पटक उक्त मापदण्ड प्राप्त गरेको हो । कम्पनीका अनुसार फोन –पे नेटवर्कमा ५२ वटा बैंक तथा वित्तीय संस्था, एक लाख ४० हजार मर्चेन्ट रहेका छन् भने ११ लाख मोबाइल बैंकिङ प्रयोगकर्तामा यसले सेवा प्रदान गर्दै आएको छ । दैनिक एक लाखभन्दा बढी कारोबार हुँदै आएको फोन –पे ले विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ पीसीआई डीएसएस भिथ्रि टु वान प्रमाणीकरण प्राप्त गरेको छ ।
योसँगै कम्पनीको पूरा प्लाटफर्म पीसीआई डीएसएस मान्यताप्राप्त सेवा प्रदायकको उपलब्धि हाँसिल गरेको छ । यस प्रमाणीकरणले फोन –पेको दायराअन्तर्गत गरिएका सबै कारोबार सुरक्षित रहेका छन् र भुक्तान गर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्न कम्पनी प्रतिबद्ध छ भन्ने कुराको प्रमाणित गरेको छ । भुक्तान कार्ड उद्योग सुरक्षा मापदण्ड काउन्सिलद्वारा अवलम्बन गरिएको अनिवार्य कडा मापदण्डहरूको सेट हो । जहाँ कम्पनीले पीसीआईद्वारा उल्लेख गरिएका मापदण्डहरू पूरा गर्नुपर्दछ । यसले डाटाको भण्डारण, प्रक्रिया तथा डाटाहरूको सुरक्षा गर्दछ भने भुक्तानीमा हुने धोकाधडी अर्थात् फ्रड कार्यलाईलाई रोक्दछ, कम्पनीले भनेको छ ।
टेक्नोलाजी बिक्रेताहरूका लागि पीसीआई डीएसएस स्तर प्रमाणीकरण प्राप्त गर्नका लागि पीसीआई मापदण्डअनुसार आफ्नो टेक्नोलोजी, नेटवर्क र आन्तरिक प्रक्रियाहरूको सुनिश्चित गर्न विस्तृत अडिट हुन्छ । फोन –पेले पनि क्यूएसए सिसाको पूर्ण अडिटपछि यो पीसीआई डीएसएसअनुरूप रहेको पुष्टि गर्दै प्रमाणीकरण प्राप्त गरेको हो ।
फोन –पेका प्रमुख टेक्निकल अफिसर दिवस सापकोटाले भने, फोन –पे नेपालमा यस किसिमको प्रमाणीकरण प्राप्त गर्ने गैरकार्ड आधारित पहिलो पीएसओ हो । यसले पीसीआई डीएसएस अनुपालन गर्नका लागि आफैंले आफैंलाई प्रश्नावली (एसक्यूए) गर्दै आफ्नो पूर्वाधारमा थप लगानी गर्न सक्षम बनाउँछ । यसबाट ग्राहकको डाटा सुरक्षा हुनुका साथै डाटा उलंघनको जोखिमलाई हटाउँछ र कुनै पनि संदिग्ध उलंघनको छानबिनको दायरा बढाई संस्था तथा ग्राहकको वित्तीय क्षतिको जोखिम हटाउँछ’ ।
सिसा विश्वव्यापीका संस्थापक तथा सीईओ धर्सन शान्तमूर्तिले भने पीसीआई डीएसएस प्राप्त गर्न र नेपालको पहिलो भुक्तान सेवा अपरेटर कम्पनीको रूपमा माइलस्टोन प्राप्त गर्न सफल भएकोमा फोन –पे टिमलाई बधाई छ । फोन–पेले अब डाटा सुरक्षा गर्न र जोखिम न्यूनीकरण गर्नका लागि आधार खडा गरेको छ । जब संस्थाहरू आफ्नो समय र लगानी यस किसिमका क्षेत्रका लागि खर्च गर्छन्, हामी बझ्दछौँ की उनीहरूले आफ्नो ग्राहकको डाटा सुरक्षाका लागि कति महत्व दिन्छन् । पीसीआई डीएसएस प्रमाणीकरणको साथ कम्पनीले ग्राहकका भुक्तानी वातावरण सुरक्षित राख्न सबै आवश्वक प्रविधिका उच्च सुरक्षा सुनिश्चित गरेको समेत कम्पनीले जानकारी दिएको छ ।