काठमाडौँ । कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच बुधबार भेटवार्ता भएको छ ।
सो भेटवार्तामा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पूर्वप्रधानमन्त्रीद्वयबीचको भेटमा परिवर्तित सन्दर्भबारे सकारात्मक कुराकानी भएको जानकारी दिए । उनले एकीकृत समाजवादीको आजै बस्ने सचिवालयको बैठक र निर्णयका आधारमा आफूहरुबीच पुनः छलफल हुने समेत उल्लेख गरे ।
मङ्गलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायतले पनि अध्यक्ष नेपालसँग भेटवार्ता गरेका थिए ।