नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन् । आगामी दिनमा कांग्रेसले चाल्ने रणनीतिबारे बैठकमा छलफल हुने बुझिएको छ ।बैठक भोलि बिहान ९ बजे संसदको ल्होत्से हलमा बस्नेगरी बैठक बोलाइएको सचेतक सुशीला थिङले संचार माध्यमहरुलाई बताएकि छन् ।
बैठकपछि पछिल्लो समसायिक राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने हुनेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन फेरेपछि कांग्रेसको हिजो बसेको कार्यसम्पादन समितिको बैठकले समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो । तर, अहिले कांग्रेस प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढाल्न विपक्षी गठबन्धन बनाउन दौडधूप बढाइरहेको छ ।