काठमाडौं । सेयर बजारमा करेक्सन देखिएको छ । अघिल्लो दिन ७० अंकले ओरालो लागेको सेयर बजार परिसुचक नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार नौं दशमलव ३३ अंकले उकालो लागेर दुई हजार १७ दशमलव शुन्य तीन बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शुन्य छ अंकले उकालो लागेर तीन सय ५८ दशमलव ३७ बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज तीन सय आठ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ५८ हजार नौं सय ४० पटकको कारोबारमा ९१ लाख ३८ हजार एक सय ५४ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ४५ करोड आठ लाख ३८ हजार तीन सय ५७ रुपैंयाँ २० पैसा पुग्न सफल भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाँणिज्य बैंक, जीवन बीमा र सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लागेका छन् भने बिकास बैंक, फाईनान्स, जलबिद्युत, निर्जीवन बीमा, लघुवित्त सहितका १० वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।