काठमाडौं । नेपाल चेम्बर एक्स्पोमा ५ रियलस्टेट कम्पनीका आकर्षक प्रपर्टीहरू प्रदर्शन गरिने भएको छ । बिहीबार अर्थात आजदेखि सोमबारसम्म भृकुटीमण्डपमा हुने सो एक्स्पो नेपाल चेम्बर अफ कमर्सले गर्न लागेको हो ।
पाँच दिनसम्म चल्ने एक्स्पोमा नेपाल ल्यान्ड एन्ड हाउजिङ डेभलपर्स एसोसिएसनले साना तथा ठूला घरजग्गा व्यवसायी र खरिदकर्ता तथा विक्रेतालाई लक्षित गर्दै रियलस्टेट मार्ट स्टल पनि उपलब्ध गराउने भएको छ । एक्स्पोमा सीडी ग्रुप, रोड सो रियल इस्टेट, कन्टिनेन्टल डेभलपर, नेपाल रियल इस्टेट मार्टलगायतका रियलस्टेट कम्पनी तथा डेभलपरहरूको सहभागिता रहनेछ । एक्स्पोमा आउने अवलोकनकर्ताहरूले प्लटिङ, हाउजिङ, भिल्लाहरूको बारेमा जानकारी लिन सक्नेछन् ।
प्रदर्शनीमा रोड सो रियल इस्टेट कम्पनीको पुल्चोक र बुढानीलकण्ठ अपार्टमेन्ट, कन्टिनेन्टल डेभलपरको नयाँ हाउजिङ र प्लटिङहरू, नेपाल रियल इस्टेट मार्टको चाँगुनारायण भिलेज र भैँसेपाटी भिल्ला, धुलिखेल प्याराडिज र सीडी ग्रुपको आकृति कोलोनी र आभाष कोलोनीका घरहरूका बारेमा जानकारी गराइने छ । बसोबास नेपालले एक्स्पोमा सहभागी रियलस्टेट कम्पनी तथा डेभलपरहरूको प्रतिनिधित्व गर्नेछ ।
चालू आर्थिक वर्षका लागि पालिकाले करिब तीन सयभन्दा बढी योजनाहरू छनोट गरेको छ । धेरै योजनाहरू १० लाख रुपैयाँभन्दा कम लागतका रहेको र १०÷१२ वटा योजनाहरू १० लाख रुपैयाँभन्दा बढीका रहेको पन्थीले बताए । आफ्नै आन्तरिक स्रोतको कमी हुनाले संघ र प्रदेशमा निर्भर रहनुपर्ने हुँदा योजनाहरू प्रभावित हुने गरेको उनको भनाइ थियो । उनका अनुसार पालिकाले वडावडामा गएर योजना सम्झौता गर्ने, अपाङ्ग र जेष्ठ नागरिक परिचयपत्र वितरण गर्ने, स्वास्थ्य परीक्षण गर्ने, औषधि वितरण गर्ने, कृषि उत्पादन वृद्धि तथा माटोअनुसारको खेतीपाती गर्नका लागि माटो परीक्षणलगायत कृषिसम्बन्धी गतिविधि सञ्चालन गर्ने, स्वास्थ्यसम्बन्धी नियमितरूपमा परामर्श गर्नेलगायतका सेवाहरू टोलटोलमा गएर घुम्ती शिविरमार्फत गर्ने गरेको छ ।