काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाको पछिल्लो पटक बसेको एक सय ६५ औँ सञ्चालक समितिको बैठकले यही चैत्र १६ गते काभ्रेको धुलिखेल लज रिर्सोटमा आफ्नो १० औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
वार्षिक साधारणसभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब आठ करोड ४२ लाख छ हजार दुई सय १९ रुपैयाँमध्येबाट सात दशमलव पाँच प्रतिशतका दरले हुन आउने आठ करोड १३ लाख १५ हजार चार सय ६६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक संस्थाले हाल कायम रहेको चुक्ता पुँजीमध्येबाट सात दशमलव पाँच प्रतिशतका दरले हुन आउने आठ करोड १३ लाख १५ हजार चार सय ६६ रुपैयाँ बराबरकै बोनस सेयर वितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
संस्थाका अनुसार बोनस सेयर वितरणपश्चात संस्थाको चुक्ता पुँजी एक अर्ब १६ करोड ५५ लाख २१ हजार छ सय ८५ रुपैयाँ पुग्नेछ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि संस्थाको यही फागुन ३० गतेदेखि चैत्र १६ गतेसम्म संस्थाको सेयर दाखिला तथा खारेजी बन्द हुनेछ ।