काठमाडौं । सेयर बजार परिसुचक नेप्से उकालो लागेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार बजार परिसुचक नेप्से २२ दशमलव १० अंकले उकालो लागेर दुई हजार ५२ दशमलव ६५ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव २६ अंकले उकालो लागेर तीन सय ६४ दशमलव ५३ बिन्दुमा कायम रहेको छ ।
धितोपत्र बजारमा आज तीन सय चार वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसबाट ५६ हजार सात सय २६ पटकको कारोबारमा ७० लाख ४३ हजार चार सय ५७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ९२ करोड २७ लाख ७१ हजार पाँच सय ५८ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये जलबिद्युत उपसमुहको सुचक ओरालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।