काठमाडौं संविधानको भावना विपरित नारायण प्रसाद दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएका छन् । उनी राष्ट्रिय परिवेशम विभिन्न क्षेत्रमा ख्याती प्राप्त गरेका व्यक्तिगहरुलाई राष्ट्रपतिले मनोनित गर्ने कोटामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय सभामा मनोनित भएका व्यक्ति हुन् । त्यसरी राष्ट्रपतिको कोटामा मनोनित हुने ३ राष्ट्रिय सभाका सांसदलाई कुनै दलिय ह्वीप नलाग्ने कानुनी व्यवस्था छ । राष्ट्रपतिबाट मनोनित भएका ती स्वतन्त्र सभासद कुनै दल प्रति उत्तरदायी नहुने संबैधानिक व्यवस्था छ तर राष्ट्रपतिबाट मनोनित उनै नारायण प्रसाद दाहाललाई नेकपा माओवादी केन्द्रले आफ्नो दलको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको पदमा उम्मेदवार बनाएको थियो र सत्ता गठबन्धनले उनको उमेदवारीलाई समर्थन गरेको थियो । स्वतन्त हैसियतका सांसद दाहाल माओवादीको टिकटबाट राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वातिच हुनु संविभानको मर्म र भावना भन्दा विपरित हो र संविधानलाई विकृत बनाउने खेल हो भन्ने संविधान विज्ञहरुको भनाई रहेको छ ।