काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । आइतबार कम्पनीको शतप्रतिशत हकप्रद सेयर सूचीकृत भएको नेप्सेले जानकारी दिएको छ ।
नेप्सेका अनुसार कम्पनीको १० करोड ५९ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । उक्त हकप्रद सेयर सम्बन्धित सेयरधनीको हितग्रही खातामा जम्मा भएपछि दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने छ । कम्पनीको हकप्रद सेयर भदौ १८ गतेदेखि असोज २२ गतेसम्म बिक्री खुला गरिएको थियो । कम्पनीको हकप्रद सेयरमा आवेदन नपरेपछि पुस १३ गतेदेखि २९ गतेसम्म सेयर लिलामी बिक्रीमा ल्याएको नेप्सेले जानकारी दिएको छ ।