काठमाडौं । हिमालयन रि–इन्स्योरेन्सको सञ्चालकमा तीन जना नियुक्त भएका छन् । कम्पनीको हालै सम्पन्न भएको तेस्रो वार्षिक साधारणसभाले संस्थापक सेयरधनी समूहबाट एक जना र सर्वसाधारण सेयरधनी समूहबाट दुई जनालाई सञ्चालकमा नियुक्त गरेको हो ।
कम्पनीका अनुसार संस्थापक समूहका सेयरधनीतर्फको रिक्त रहेको पदमा रोहित गुप्ता नियुक्त भएका छन् । उनी टेली डिरेक्ट प्रालिको तर्फबाट बाँकी कार्यकालका लागि नियुक्त भएका हुन् । यसैगरी सर्वसाधारण सेयरधनी समूहको तर्फबाट भने राजीव मोर र शुभेच्छा खरेल नियुक्त भएका छन् । उनीहरूलाई चार वर्षको लागि सञ्चालक पदमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।