काठमाडौं । सिभान्स फुड प्रडक्ट प्रालिद्वारा उत्पादित ‘पार्की आइसक्रिम’ले शिवरात्रिमा निःशुल्क आइसक्रिम वितरण गरेको छ । कम्पनीले पशुपति क्षेत्रमा गई एक लाख मूल्य बराबरको आइसक्रिम निःशुल्क वितरण गरेको हो ।
विभिन्न अवसरहरूमा निःशुल्क आइसक्रिम वितरण गर्दै आएको पार्की आइसक्रिमले केही दिनअघि मात्र राष्ट्रिय आइसक्रिम दिवसको अवसर पारेर एक लाख रुपैयाँ बराबरीकै आइसक्रिम वितरण गरेको थियो । गएको कृष्ण जन्माष्टमीको अवसर पारेर पनि पार्की आइसक्रिमले कोटेश्वरको महादेव मन्दिर परिसरमा खटिएका स्वयंम् सेवकलाई निःशुल्क आइसक्रिम र पार्की ब्राण्डको प्रिन्टेड टिसर्ट वितरण गरेको थियो । विशेषगरी भारतबाट आएका पाहुना बाबाहरूलाई लक्षित गरेर शिवरात्रिको दिन पशुपति परिसरमा आइसक्रिम वितरण गरेको प्रबन्ध निर्देशक मुरारी कुमावतले जानकारी दिए ।
कम्पनीका अनुसार पार्की आइसक्रिम हाल चकलेट, भेनिला, स्ट्रेबरी, मिन्ट, फ्रुट, बटर स्कचलगायतका ४० प्रकारका स्वादहरूमा उपलब्ध छन् । काठमाडौं उपत्यकालगायत आसपासका प्रमुख सहरहरू गरी पार्की आइसक्रिमलाई आठ सय बढी स्थानबाट बिक्री वितरण गरिँदै आएको छ । कम्पनीले मुख्यतयाः खाद्यान्नसँग सम्बन्धित उत्पादन तथा सेवा प्रदान गर्ने उद्देश्य राखेको छ । आगामी दिनमा त्यही उद्देश्य पूरा गर्न सेवा विस्तारमा जोड दिने तयारी थालेको छ । उद्योगले आगामी दिनमा दालमोठ, भुजियालगायत अन्य खाद्य उत्पादनहरू पनि बजारमा ल्याउने तयारीमा जुटेको प्रबन्ध निर्देशक कुमावतले जानकारी दिए । उद्योगले अहिले २० भन्दा बढीलाई प्रत्यक्ष र सयौंलाई अप्रत्यक्ष रोजगारी दिन सफल भएको छ ।