काठमाडौं, जेठ २२
नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले संस्थाले आफ्ना सबै कर्मचारीहरूको कोरोना बीमा गरेको छ । संस्थाका अनुसार जनरल इन्स्यारेन्सबाट सबै कर्मचारीको एक लाख रूपैयाँबराबरको कोभिड १९ बीमा गरिएको हो । संस्थाले विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसको विरुद्ध सुरक्षाको लागि संस्थामा कार्यरत सम्पूर्ण स्थायी, करार र प्रशिक्षार्थी कर्मचारीहरूको कोभिड १९ बीमा गरेको जनाएको छ । उक्त बीमाबाट संस्थाको कुनै पनि कर्मचारी कोरोना भाइरसको पीसीआर प्रविधिबाट परीक्षण गर्दा संक्रमण प्रमाणित भएको खण्डमा तोकिएको बीमाङ रकम प्राप्त गर्न सकिने संस्थाले जानकारी दिएको छ ।