काठमाडौं । ‘वित्तीय जागरण, आजको आवश्यकता’लाई मूल नारा बनाउँदै आएको गरिमा विकास बैंक लिमिटेडद्वारा ब्लु डायमण्ड सोसाइटीका समूहलाई वित्तीय जागरण कार्यक्रम आयोजना गरेको छ । बैंकको चाबहिल शाखाद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित सहभागीहरूलाई उत्प्रेरणा दिँदै व्यक्तिगत वित्तीय व्यवस्थापन, डिजिटल फ्रड बारे सचेतना, विभिन्न प्रकारका बचत, कर्जाहरू तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरूको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको हो ।
कार्यक्रममा ब्लु डायमण्ड सोसाइटीको तर्फबाट अध्यक्ष शितल पिंकी गुरुङको उपस्थिति रहेको थियो भने गरिमा विकास बैंकको तर्फबाट जोखिम व्यवस्थापन विभाग प्रमुख दिपक राजभण्डारी, लाजिम्पाट क्षेत्रीय कार्यालय प्रमुख रमेश रिजाल, चावहिल शाखा प्रमुख ईक्षा भण्डारी र अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो । ब्लु डायमण्ड सोसाइटीको तर्फबाट कार्यक्रममा उपस्थित सहभागीहरूलाई यस कार्यक्रमले वित्तीय ज्ञान प्रदान गर्ने र आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकारात्मक प्रभाव पार्ने बैंकले विश्वास लिएको छ । बैंकले हाल काठमाडौं उपत्यकाभित्र २२सहित देशभर रहेका आफ्ना एक सय २३ वटा शाखा कार्यालयहरू, ५१ एटीएममार्फत निरन्तर गुणस्तरीय सेवा प्रदान गरिसकेको छ । २०६४ मा स्थापना भएको यस बैंक प्रशिक्षित समूह र सुरक्षित बैंकिङ प्रणालीसहित ग्राहकहरूलाई उच्च सेवा वितरणको लागि लक्षित रहेको जानकारी दिएको छ ।