काठमाडौँ,नेपाली कांग्रेसका पूर्व महामन्त्री डा.सशांक काइरालाले पार्टी कार्यकर्तालाई हाकाहाकी झुक्याउने कार्य गरेका छन् । हालै संपन्न महासमिति बैठकमा नेता कोइरालाले बैठक स्थल अगाडि हिन्दु राष्ट्र पुनस्थापना महाअभियानमा हस्ताक्षर गरेर कार्यकर्ताको समर्थन जुटाउने प्रयास गरेका थिए तर महासमिति बैठकलाई संवोधन गदै उनले म हिन्दु धर्म निरपेक्ष पनि चाहन्न हिन्दु धर्म सापेक्ष राष्ट्र पनि चाहन्न,म धार्मिक स्वतन्त्रता चाहन्छु भनेर दल बाहिर हिन्दु राष्ट्र भनेर हल बाहिर हिन्दु राष्ट्र पुनस्थापना महाअभियानको पक्षमा गरेको हस्ताक्षरको आफैंले खण्डन गरेका थिए । उनको यो दोहोरो चरित्रले उनलाई पत्याउनै मुस्कील पर्ने अवस्था सिर्जना भएको छ ।