सिन्धुली,सिन्धुलीको सुनकोशी गाउँपालिका १ जुम्जा डाडाँस्थित नेपाल टेलिकम (एनटिसी)को टावर परिसरमा कुकर बम विस्फोट भएको छ । शुक्रबार बिहान करिब ३ बजेतिर टेलिकम परिसरमा बम विस्फोट भएको हो । बम विस्फोट भएपनि क्षति नभएको प्रहरीले बताएको छ । बम विस्फोट भएलगतै प्रहरी त्यँहा पुगेको थियो । त्यहाँबाट प्रहरीले पेट्रोलको गन्ध आउने दुईवटा खाली बोतल र जनमुक्ति सेना लेखिएको पर्चा फेला पारेको थियो । घटनाको थप अनुसन्धान भइरहेको र विस्फोट गराउने काममा संलग्नहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।